संविधान दिवसमा तनहुँ कारागारका सात कैदीबन्दी रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा तनहुँ कारागारका सात कैदीबन्दी रिहा

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७८, आईतवार

    दमाैली : संविधान दिवसको अवसरमा तनहुँ कारागारका सात जनाको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान, सवारी ज्यान र बहुविवाह मुद्दामा सजाय काटिरहेका सात जनाको कैद मिनाहा भएको हो ।

    जिल्ला कारागार तनहुँका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले कर्तव्य ज्यानका तीन, सवारी ज्यानका तीन र बहुविवाह मुद्दाका एक जनाका कैद मिनाहा भएको जानकारी दिए । तोकिएको भन्दा आधा सजाय भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिए बमोजिम उनीहरुको कैद मिनाहा भएको अधिकारीले बताए ।

    कर्तव्य ज्यान मुद्दामा मकवानपुरका अर्जुन चेपाङ र कुमार चेपाङले ९ वर्ष ११ महिना १६ दिन कैद छुट पाएका छन् । कर्तव्य ज्यान मुद्दामै तनहुँका टिकाराम विकले ९ वर्ष तीन महिना १० दिन छुट पाएका छन् । उनीहरुलाई २० वर्ष कैद तोकिएको थियो ।

    सवारी ज्यान मुद्दामा तनहुँका बालकृष्ण भुजेलले ११ भहिना १३ दिन, भरत खवासले एक वर्ष एक महिना तीन दिन र स्याङ्जाका भक्तबहादुर सुनारी मगरले ११ महिना २६ दिन कैद छुट पाएका छन् । त्यस्तै बहुविवाह मुद्दामा पदमबहादुर विकले ८ महिना २४ दिन छुट पाएका छन् ।