दमाैली : व्यास नगरपालिका–१४ केशवटारमा शुन्य पोलिथिन अभियान सञ्चालन गरिएको छ । सीम नेपालको आयोजना र व्यास नगरपालिकाको सहकार्यमा केशवटारमा शुन्य पोलिथिन अभियान सञ्चालन गरिएको हो ।
नगरपालिकाले उक्त संस्थाको सहकार्यमा हरेक वडामा वातावरण सम्बन्धी वृहत चेतनामूलक अभियान सञ्चालन शुरु गरेको छ ।
व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सीम नेपालका अभियान्ता निपेश ढकालले कार्यक्रमबारे प्रकाश पारेका थिए । पोलिथिनले समाजमा मात्र नभई वातावरणमा समेत प्रत्यक्ष असर पार्ने भएकाले पोलिथिन प्रयोगलाई शुन्य बनाउनुपर्ने उनले बताए । कार्यक्रममा वडाध्यक्ष काजीमान श्रेष्ठले शुन्य पोलिथिन अभियान टोलबाट नै शुरु गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १४ भित्रका टोल समितिहरु, जनप्रतिनिधिहरु, युवाक्लवका सदस्यहरु, सामुदायिक विद्यालयका शिक्षकहरु, आमा समूहका पदाधिकारीको उपस्थिति थियो ।