रोटर्याक्ट दमौलीमा पद हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्ट दमौलीमा पद हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७८, आईतवार

    दमाैली : रोटर्याक्ट क्लव अफ दमौलीको पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । क्लवका वर्ष २०२०–२१ का अध्यक्ष राज श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिँदै वर्ष २०२१–२२ का अध्यक्ष सुशान्त अधिकारीलाई पद हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख एवं रोटरी क्लवका पूर्व अध्यक्ष वैकुण्ठ न्यौपानेले रोटर्याक्टका कार्यक्रम तथा परियोजनामा नगरपालिका सहकार्य गरेर अगाडी बढ्ने बताए । कार्यक्रममा रोटर्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक रिप्रेजेन्टिभ इलेक्ट लक्ष्मण खरेलले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा रोटयाक्ट डिष्ट्रिकले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा अध्यक्षको पदभार ग्रहण गर्दै अधिकारीले समाज र युवालाई केन्द्रमा राखेर कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । साथै उनले जिल्लाभित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने विशेष कार्यक्रमलाई विभिन्न सङ्घसंस्थाको समन्वयमा आफ्नो कार्यकालमा सञ्चालन गर्ने बताए ।