आगलागी पीडितलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आगलागी पीडितलाई राहत

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७८, आईतवार

    दमाैली : व्यास नगरपालिका-१३ आँपस्वाराका आगलागी पीडितलाई नेकपा एमाले तनहुँ सम्बद्ध जनसङ्गठनहरुबाट राहत प्रदान गरिएकाे छ । विद्युत सर्ट भई आगलागीबाट पीडित भएका प्रेम मगरलाई राहत प्रदान गरिएको हो ।

    आगलागीबाट आलेकाे घरको भुईतल्लामा पूर्ण क्षति भएको छ । शनिबार दिउँसाे भएको आगलागीबाट तीन लाख बराबरकाे क्षति भएकाे आलेले बताए ।

    स्थानीय शिक्षक ललित पाण्डेको अग्रसरतमा नेकपा (एमाले) सम्वद्ध जनसंगठनका नेताहरु भुपेन्द्र कोईराला, तुलसी पाण्डे, नेकपा(एमाले) तनहुँका कार्यालय सचिव राजेश्वर ढकाल लगायतबाट पीडित परिवारलाई राहत वितरण गरिएको हो । ५ बाेरा चामल, तेल, नुन लगायतका सहयोग गरिएको ललित पाण्डेले जानकारी दिए ।