पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरमाथि आक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरमाथि आक्रमण

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, सोमबार

    बुटवल : बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन् । 

    पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको थियो । सो स्थानमा केही दिनअघि पहिरो खसेर घरमा क्षति पुगेको थियो । सोमबार पनि पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ ।

    केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै मेयरमाथि नै हात हालेका हुन् । आज बिहान सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले दौडेर आएर मुक्का हानेका हुन्।