दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७८, सोमबार

    काठमाडौं : पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो ।

    भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।