व्यासमा २४ स्वास्थ्य संस्थाबाट असोज ७ गते भेरोसेल खोप (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा २४ स्वास्थ्य संस्थाबाट असोज ७ गते भेरोसेल खोप (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, मंगलवार

    दमौली : व्यास नगरपालिकामा असोज ७ गते कोरोनो विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाले २४ स्वास्थ्य संस्थाबाट भेरोसेल खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    १४ वडाका स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    त्यसक्रममा ४५ वर्षमाथिका खोप लगाउन छुट भएका र १८ वर्षभन्दा माथिका खोप लगाउन छुट भएका विद्यार्थीलाई खोप लगाइने भएको छ ।

    यस्तै यसअघि छुट अग्रपङ्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्रका होटलमा काम गर्ने व्यक्ति समेतलाई खोप लगाइनेछ ।