दमौली : नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली काङ्ग्रेसको निर्वाचनमा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वाग्लेले तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
प्रजातान्त्रिक राजनीति, संस्कृति र पद्धतिमा सबैसँग जोडिने, जोड्ने विकास आफ्नो विश्वास रहेको वाग्लेले बताएका छन् ।
राष्ट्रिय समाचार समितिमा कार्यकारी अध्यक्ष, गोरखापत्र दैनिकमा नायब कार्यकारी सम्पादक समेत भइसकेका वाग्लेले नेपाल विद्यार्थी सङ्घ तनहुँ काठमाडौ सम्पर्क समितिको सचिव, नेपाली काङ्ग्रेस तनहुँ काठमाडौ सम्पर्क समाजका सल्लाहकार समेत भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । वाग्ले प्रजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।