देवघाटको निरीक्षण गर्दै बागमती मुख्यमन्त्री शाक्यले भनिन्, ‘विकासमा सहयोग गर्छौ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटको निरीक्षण गर्दै बागमती मुख्यमन्त्री शाक्यले भनिन्, ‘विकासमा सहयोग गर्छौ’

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, मंगलवार

    देवघाट : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रसिद्ध धार्मिकस्थल देवघाटको मंगलबार निरीक्षण गरेकी छन् ।

    चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन आएकी मुख्यमन्त्री शाक्यले तनहुँको देवघाटधामको निरीक्षण गरेकी हुन् ।

    सोक्रममा मुख्यमन्त्री शाक्यले देवघाटधामको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । देवघाट हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेकाले यहाँ पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने शाक्यले प्रतिबद्धता जनाइन् ।

    कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाटधामको अवस्थाका बारेमा मुख्यमन्त्री शाक्यलाई जानकारी गराउँदै विकासका लागि बजेट विनियोजन गरिदिन आग्रह गरे । निरीक्षणमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको समेत सहभागी थिए ।

    तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा अवस्थित देवघाटधाममा विभिन्न योजना सञ्चालनका लागि बागमती र गण्डकी प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ ।