दमाैली : अनेरास्ववियुका नेता आरके पोख्रेललाई केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी प्राप्त भएको छ । अनेरास्ववियुको केही दिन अघि सम्पन्न राष्ट्रिय भेलाले तनहुँका पोख्रेललाई केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी दिएको हो ।
अनेरास्ववियु तनहुँका अध्यक्ष भइसकेका पोख्रेलले गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङको सचिवालयमा समेत काम गरिसकेका छन् ।
अनेरास्ववियुका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथग्रहण मङ्गबार सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले शपथ लिएका छन् ।