पहिरोमा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोमा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बुधबार

    गुल्मी : गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ ।  जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका  तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन सफल भएको छिमेकीले बताए  । 

    मुस्किलले एउटी छोरी र बाबु आमालाई बचाउन सफल भयौँ,’ छिमेकीहरूले भने, ‘तत्काल गुहार दिने कोही भएन । केही बेर पछि नजिकै रहेको नेपाल प्रहरी नेपाली सेना लगायत आएर शवहरू निकालेका थिए ।’  गङ्गा जमुना दुई बहिनीहरू महेन्द्र नमुना मावि कक्षा ८ मा पढ्ने विद्यार्थी भएको त्यस विद्यालयका शिक्षक रोम विश्वकर्माले जानकारी दिए । जेठी छोरी विवाहित हुन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताए ।  

    फाइल फोटो