व्यास नगर सभापतिका आकाङ्क्षीबीच छलफल, के आयो निष्कर्ष ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगर सभापतिका आकाङ्क्षीबीच छलफल, के आयो निष्कर्ष ?

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बुधबार

    दमौली : नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन अन्तरगत व्यास नगर सभापतिका आकाङ्क्षीबीच बुधबार छलफल गरिएको छ । व्यास नगर सभापतिका सात आकाङ्बीच एकैठाउँमा बसेर छलफल गरेका हुन् । सर्वसम्मत गराउने उद्देश्य सहित छलफल आयोजना गरिएको बुझिएको छ ।

    छलफलमा सभापतिका उम्मेदवार मोहनकुमार श्रेष्ठ, चुडामणि दाहाल, तुलसीराम सापकोटा, वैकुण्ठनाथ मिश्र, सूर्यचन्द्र हड्खले, हरिदत्त पौडेल, प्रतापसिं गुरुङ सहभागी थिए ।

    छलफलमा सबैले आ–आफ्नो दावेदारी प्रस्तुत गरेका थिए । छलफलमा सर्वसम्मत गराउने विषयमा कुनै सहमति नभएको बताइएको छ ।