विप्लव नेतृत्व पार्टीको महाधिवेशन फागुनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विप्लव नेतृत्व पार्टीको महाधिवेशन फागुनमा

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७८, बुधबार

    दमाैली : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दिपुरमा बुधबार सम्पन्न भएको पार्टीको एघारौ पूर्ण बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    बैठकले जनयुद्ध दिवसको अवसर पारेर पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसपूर्व जनवर्गीय सङ्गठनको राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ ।

    बैठकले एमसिसीलाई राष्ट्रघाती भन्दै त्यसका विरुद्धमा सम्पूर्ण शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ । असोज १ गतेदेखि उक्त पार्टीको केन्द्रीय समिति बैठक बन्दिपुरमा बसेको थियो । बैठकमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिबन्ध फुकुवापछि उक्त पार्टीले पहिलो पटक खुल्ला राजनीतिमा आएर केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।