पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि इलाम–रारा साइकल यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि इलाम–रारा साइकल यात्रा

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७८, बुधबार

    दमाैली : कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग पु¥याउन शुरु गरिएको साइकल यात्राको टोली बुधबार दमौली आइपुगेको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकल यात्रीको टोली दमौली आइपुगेको हो ।

    इलामको अन्तुदेखि शुरु भएको साइकल यात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताए । टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरु लागेको शाहले बताए ।

    साइकल यात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । ‘सम्बन्ध जोडौ देश घुमौ’ भन्ने नारा सहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकल यात्रीलाई स्वागत गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको प्रचारका लागि साइकल यात्रीले सहयोग गर्र्नुपर्ने बताए ।

    यात्रामा साइकल यात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकल यात्राले २७ जिल्ला र एक हजार आठ सय किलोमिटर पार गर्ने बताइएको छ ।