दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले विभिन्न उपसमिति गठन गरेको छ । बुधबार बसेको सङ्घको तेस्रो बैठकले विभिन्न उपसमिति गठन गरी संयोजक तोकेको छ ।
महिला उद्यमी परिचालन उपसमितिमा सरिता पिया, प्रबद्र्धक व्यवस्थापन उपसमितिमा विष्णुमाया डल्लाकोटी, स्वागत सत्कार उपसमितिमा राधिका परियार, वाणिज्य उपसमितिमा डिल्लीराम विक, घरेलु तथा हस्तकलामा रामकुमार मल्ल, सांस्कृतिक एवं साहित्यमा अर्जुन अधिकारी, कार्यक्रम तथा परियोजनामा सुनिल मल्ल, सङ्घसंस्था समन्वय समितिमा शारदा पण्डित, कृषिमा भानुभक्त थापा, वातावरण तथा सरसफाईमा वेदकुमारी वाग्ले, इकाई समन्वय एवं बजार व्यवस्थापनमा राजकुमार श्रेष्ठ (राकु), सदस्यता अभिवृद्धिमा भिमलाल श्रेष्ठ, पर्यटन प्रबद्र्धनमा वैशबहादुर गुरुङ संयोजक तोकिएका छन् ।
उद्योगमा गणेश तिवारी, प्रकाशनमा प्रकाशचन्द्र हड्खले, लेखामा ओमराज श्रेष्ठ, अध्ययन अवलोकनमा रत्नकुमार श्रेष्ठ, सचिवालय व्यवस्थापनमा भूपाल आले, तालिममा एकप्रसाद श्रेष्ठ, नापतौलमा जुननारायण श्रेष्ठ, होमस्टे व्यवस्थापनमा गीता लम्साल, मेला महोत्सवमा राजेश पिया र सरकारी एवं गैरसरकारी समन्वयमा परशुराम अधिकारी संयोजक तोकिएका छन् ।