सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट सम्झौता

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बुधबार

    काठमाडौ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने समझदारी भएको छ। 

    सम्झौता पछि सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्। 

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

    हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङबाट डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। 

    मोबाइल बैकिङबाट खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था बैंकले गराएको छ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।