उद्योग वाणिज्य सङ्घद्वारा तीन लाख हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य सङ्घद्वारा तीन लाख हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बिहीबार

    दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगर कोभिड अस्पताल तथा पिसिआर प्रयोगशाला स्थापनाका लागि रु तीन लाख एक हजार एक सय ५६ हस्तान्तरण गरेको छ । व्यास नगरपालिका–१० दुम्सीमा पिसिआर प्रयोगशाला उद्घाटनका लागि बिहीबार आयोजित एक कार्यक्रममा सङ्घले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले, पूर्व अध्यक्ष शङ्करलाल राजभण्डारीले गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीमार्फत् नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

    सङ्घले स्थापना गरेको कोभिड महाअभियान कोषमार्फत् उक्त सहयोग गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए । महाअभियान कोषमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सोही कोषबाट सङ्घले जिल्लाका दश वटै स्थानीय तह र स्वास्थ्य संस्थामा समेत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।