पिसिआर प्रयोगशालालाई ५५५५५ दिने श्रेष्ठको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पिसिआर प्रयोगशालालाई ५५५५५ दिने श्रेष्ठको घोषणा

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बिहीबार

    दमाैली : नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको पिसिआर प्रयोगशालाका लागि ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन् ।

    पिसिआर प्रयोगशाला उद्घाटनका लागि बिहीबार आयोजना गरिएको कार्यक्रममा श्रेष्ठले उक्त घोषणा गरेका हुन् । गण्डकी ट्रेड सप्लायर्सका सञ्चालक श्रेष्ठले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रयोगशालाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् । उक्त रकम केही दिनभित्रै उपलब्ध गराउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।