फोहरबाट उर्जा उत्पादन गर्न प्रस्ताव माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    फोहरबाट उर्जा उत्पादन गर्न प्रस्ताव माग

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले फोहरबाट उर्जा उत्पादन गर्ने भएको छ । बजार क्षेत्रबाट सङ्कलन हुने फोहरबाट उर्जा उत्पादन गर्न नगरपालिकाले प्रकृया अगाडी बढाएको हो ।

    फोहरबाट उर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्तावहरु आइरहेकाले इच्छुक कम्पनी वा संस्थाहरुसँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    नगरपालिकाले वडा नम्बर २, ३ र ४ बाट सङ्कलन गर्ने फोहरमैलाको वर्गीकरण गरी उर्जा उत्पादनको लक्ष्य राखेका छ । नगरपालिकाले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्दै आएको छ । कुहिने फोहरलाई व्यास नगरपालिका–१० दुम्सीमा कम्पोष्ट मल बनाउन प्रयोग गरिएको छ । “उर्जा उत्पादन गर्न चाहने संस्थाले नगरपालिकामा प्रस्ताव पेश गर्न सक्नेछन्,” बिहीबारको कार्यपालिकाको बैठकको निर्णय बारे जानकारी दिँदै श्रेष्ठले भने ।

    नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलाहरुको अनुदान वितरण सम्बन्धी मापदण्ड पारित गरेको छ । स्नातक उत्तीर्ण महिलाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा अनुदान दिइनेछ ।

    नगरपालिका अन्तरगत कार्यरत बाल विकास शिक्षक, माविका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः रु १५ हजार एक सय, रु १५ हजार पाँच सय र रु १४ हजार पाँच सय साउनदेखि नै उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ ।