दमाैली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाई आयोजनाको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँवस्तीमा खानेपानी सुविधा पु¥याइने बताए ।
हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधुरीमा पनि चाँडै खानेपानी पुग्ने बताए । “एक घर ः एक धारा अभियान अन्तर्गत सरकारले हरेक जनताको घरधुरीमा खानेपानी सुविधा पु¥याउँछ,” उनले भने ।
गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य धु्रव वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका र स्थानीयवासीको लागत साझेदारीमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजनाका लागि गण्डकी प्रदेश सरकारले रु ४४ लाख, म्याग्दे गाउँपालिकाले रु २५ लाख लगानी गरेको छ भने स्थानीयवासीले रु ११ लाखको साझेदारी गरेका छन् । डिप बोरिङ प्रणालीबाट एक सय ४६ घरधुरीका आठ सय उपभोक्ता लाभान्वित भएका छन् ।
खानेपानी सुविधा नहुँदा पंधेरा र कुवाबाट पानी ल्याउन बाध्य यहाँका स्थानीयवासी घरघरमै पानी आएपछि खुशी भएका छन् ।