युवासङ्घ युवाहरुको आशाको केन्द्रविन्दु : पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवासङ्घ युवाहरुको आशाको केन्द्रविन्दु : पौडेल

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७८, शुक्रबार

    दमाैली : राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवासङ्घ युवाहरुको आशाको केन्द्रको रुपमा विकास भइरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ व्यास नगर कमिटीले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले उक्त कुरा बताएका हुन् ।

    शोषित, पीडित जनताको आवाज युवा सङ्घले बोल्दै आएकाले भरलाग्दो सङ्गठनको रुपमा युवासङ्घ उदाएको पौडेलको भनाई छ । “जब समाजमा विभिन्न दलाल, तस्कर, भ्रष्टाचार, कालोबजारीको हालीमुहाली बढ्न थाल्छ, तबतब युवासङ्घ ती सबै खालका समाजविरोधी तत्वको विरोधमा प्रस्तुत हुन्छ,” पौडेलले भने, “आम जनताको नजरमा युवासङ्घका सदस्यको बेग्लै पहिचान स्थापित भएको छ ।”

    सभ्य र सुसंस्कृत युवाको रुपमा विकास गर्नु युवासङ्घको दायित्व भएकाले सङ्गठनलाई रहरलाग्दो बनाउन लागिपरेको पौडेलले बताए । “जब जनताले आफ्नो आवाज दबिएको महशुस गर्छन, तब युवासङ्घले जनताको आवाज बाहिर ल्याउँछ,” उनले भने, “त्यहीकारण युवासङ्घ भरलाग्दो सङ्गठन हो ।”

    युवासङ्घका व्यास नगर संयोजक कृष्ण श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, प्रदेश सभा सदस्य रामबहादुर गुरुङ, नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, लगायतले बाेलेका थिए ।