दुलेगौडा : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार हुने नगर अधिवेशनमा शुक्लागण्डकी नगर सभापतिमा गोपिबहादुर गुरुङ सर्वसम्मत हुने सम्भावना बढेको छ । दुवै टिमबाट एउटै सभापति उम्मेदवार भएपछि गुरुङ सभापतिमा सर्वसम्मत चयन हुने सम्भावना बढेको हो ।
शुक्रबार गुरुङको नेतृत्वमा सार्वजनिक उम्मेदवारमा कृष्णप्रसाद रेग्मी र भीमाकुमारी खत्री उपसभापति, शिव रेग्मी र दिपेन्द्र पौडेल सचिव, राजेश खनाल र भीष्म श्रेष्ठ सहसचिव छन् ।
यसैगरी केही दिन अघि सार्वजनिक उम्मेदवारमा बालकृष्ण पौडेल र सपना पराजुली उपसभापति, मदन श्रेष्ठ र धिरज विक्रम खाण सचिवमा, विष्णुहरि पन्थी र टेकनारायण कोइराला सहसचिव छन्।
दुवै टिमबाट सर्वसम्मत नेतृत्व चयनको अन्तिम प्रयास भइरहेको स्रोतले जनाएको छ ।