ज्येष्ठ नागरिक बुढ्यौलीमा अक्षर चिन्दै (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ज्येष्ठ नागरिक बुढ्यौलीमा अक्षर चिन्दै (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७८, शनिबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नाम समेत लेख्न जान्थिनन्। नाम लेख्नपरे अरुको सहारा लिनुपथ्र्यो । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औठाछाप लगाउनुपर्ने बाध्यता थियो ।

    तर गत वर्षदेखि उनले आफ्नो नाम आफै लेख्न सक्ने भएकी छन् । रोटरी क्लव अफ दमौली, इनरह्विल क्लव अफ दमौली र रोट¥याक्ट क्लव अफ वेदव्यासले सञ्चालन गरेको सिकाईको उमेर हुँदैन अभियान मार्फत् उहाँले आफैले नाम लेख्न सक्ने भएकी हुन् । चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहनुभएकी उनले भनिन्, “पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।”

    सिकाईलाई निरन्तरता दिन पाए धेरै कुरा जानिने बताउँदै भट्टराईले भनिन्, “अहिले पनि एक हप्ताको प्रौढ कक्षामा सिक्ने अवसर पायौ, अलि लामो समय सिक्न पाए झनै जानिन्थ्यो ।”

    May be an image of 3 people, people sitting and people standing

    सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्छिन् । क्लवले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताइन् । “उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भएपनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुशी लागेको छ,” श्रेष्ठले भनिन् ।

    इनरह्विल क्लव अफ दमौलीकी पूर्व अध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ गतेदेखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित भएकी छन् । “फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ,” उनले भनिन् ।

    May be an image of 4 people, people sitting, people standing and indoor

    क्लवले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यो बेला दश जनाले सहभागिता जनाएका थिए । यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट¥याक्ट क्लव वेदव्यासकी पूर्व अध्यक्ष सन्जु घलेले जानकारी दिइन् । रोटरीको ‘सिकाईमा उमेर हुँदैन’ अभियान अन्तर्गत यो अभियान गरिएको हो ।

    May be an image of 1 person, sitting, standing and indoor

    कार्यक्रमको समापनमा रोटरी क्लव अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा रोटरी क्लव अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष दामोदर भण्डारी, इनरह्विल क्लवकी अध्यक्ष मन्जु थापा लगायतको सहभागिता थियो ।

    यसैबीच रोटरी क्लवका पूर्व अध्यक्ष गुरुङले वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई पाँच हजार र निवर्तमान अध्यक्ष भण्डारीले आमाको जन्मदिनमा एक हजार तथा बुबाआमाको वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई दुई थान ढोका प्रदान गरेका छन् ।