दमौली : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत व्यास नगर सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नगर अधिवेशनमा सभापतिका तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापतिका लागि डम्बरबहादुर अधिकारी, चुडामणि दाहाल र सूर्यचन्द्र हड्खलेको उम्मेदवारी परेको छ । दुई उपसभापति पदका लागि प्रेमबहादुर राउत, क्या. सूर्ज बहादुर मल्ल, सुजन वाग्ले, सुरेन्द्र पौडेल र शोभा बढु अधिकारीको उम्मेदवारी परेको छ ।
दुई सचिवका लागि उद्धव पौडेल, खेमराज पोखरेल, सरोज भण्डारी, सुनिल रिजाल र सुरेश पुरीको उम्मेदवारी परेको छ । दुई सहसचिवका लागि किशोरराज खनाल, मनबहादुर रुचाल, माधव न्यौपाने र पविन्द्र भट्टराईको उम्मेदवारी परेको छ ।