एमाले खहरे हाेइन, नदी हो : नेता गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले खहरे हाेइन, नदी हो : नेता गुरुङ

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७८, शनिबार

    दुलेगाैडा : नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेबाट अलग भएर नेकपा एकिकृत समाजवादी पार्टी खोलेको माधव नेपाल समुहलाई कुचोले बडार्नु पर्ने फोहोर हावाले बडारदिएको टिप्पणी गरेका छन् । उनले विभाजनसँगै पार्टीको फोहोर सफा भएको जिकिर गरे ।

    तनहुँको शुक्लागण्डकीमा शनिबार आयाेजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै नेता गुरुङले भने, ‘एमाले विभाजन भयो भनेर हामीले दुख मान्नुपर्ने कुनै कारण छैन । जे हुन्छ, ठिक हुन्छ । जे घटना घट्यो, घटनाप्रति दुख मानेर बस्ने हैन् । शक्ति बटुलेर अगाडी बढ्ने हो ।’

    उनले नेकपा एमाले खहरे खोला नभएर नदी भएको उल्लेख गरे । ‘एमाले खहरे होईन्, नदी हो । नदीमा भंगालो फाट्दैमा अस्तित्व हराउदैन्, नदी बगिरहन्छ । त्यस्तै गरेर नेकपा एमाले अगाडी बढिरहको छ, बढिरहनेछ’, गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री समेत रहेका गुरुङले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।

    उनले केपी ओलीलाई कारण देखाएर पार्टी छोड्नु गलत भएको जनाए । ‘व्यक्ति केही होईन् । तपाई हामी सबैले बनाएको पार्टी हो । व्यक्तिगत कारणले पार्टी छोड्नु हुदैन्थ्यो’, उनले भने । नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मुलघर बनेको नेता गुरुङको दाबी छ ।

    संविधानसभा सदस्य टुकराज सिग्देलले पार्टीबाट अलग भएर माधव नेपालले पार्टीलाई भन्दा ठुलो धोका जनतालाई दिएको बताए । एमालेसँग एक्लै लड्न नसकेर पाँच दलको गठबन्धन बनाईएको उनको भनाई छ । एमालेको नेतृत्वमा मात्र राष्ट्रियता सुरक्षित हुनुका साथै सन्तुलित परराष्ट्र निती सम्भव भएको सिग्देलको दाबी छ ।

    संविधानसभा सदस्य हसिना बेगमले एमाले सरकारको पालामा बिकासको जनलहर आएको बताईन् ।

    सो अवसरमा नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य दुर्गा पराजुली, एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईली, एमाले शुक्लागण्डकी नगर इञ्चार्ज देवलाल खनाल, एमाले जिल्ला कमिटि सचिवालय सदस्य रामचन्द्र उपाध्याय, शुक्लागण्डकी नगर कमिटि अध्यक्ष मुक्तिनाथ तिमिल्सिना, सचिव रघुनाथ पौडेल लगायतले पार्टीलाई बलियो बनाएर आगामी चुनावमा फेरी पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।