व्यास सहकारीको अध्यक्षमा अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास सहकारीको अध्यक्षमा अधिकारी

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७८, शनिबार

    दमौली : व्यास नगरपालिका- ३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः प्रदीपराज अधिकारी चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न चौंधौ वार्षिक साधारण सभा एवं अधिवशेनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा प्रेमप्रसाद पौडेल, सचिवमा त्रिभुवन श्रेष्ठ, कोषाध्यक्षमा एकराम श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजेश्वर हड्खले चयन भएका भएका छन् ।

    त्यस्तै कार्य समितिको सदस्यहरुमा प्रकाशचन्द्र भट्टराई,
    कृष्णबहादुर रुचाल, केशव भट्टराई, बेलु श्रेष्ठ, शुभ श्रेष्ठ, चिरौंकाजी बतास र कमला वाग्ले तथा लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा कुमार मोहन श्रेष्ठ र सिर्जना वाग्ले चयन भएका छन् ।

    साधारणसभाको केन्द्रीय बचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोष पौडेलले उद्घाटन गरेका थिए ।