दमौली : स्पाइनल मस्कुलर एट्रोफी रोगबाट मृत्यु भएका ९ महिने बालक उस्मान अलीको स्मृतिमा ‘उस्मान अली फाउण्डेशन’ गठन भएको छ ।भदौ २५ गते काठमाडौमा निधन भएका उस्मानको स्मृतिमा उनको परिवारले फाउण्डेशन गठन गरेको हो ।
शुक्लागण्डकी नगरपालिका-५ निवासी उस्मानको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको थियो । उस्मानका बुबा मुबारक अलीले समाज कल्याण परिषद्बबाट फाउण्डेशन दर्ता गरिएको जानकारी दिए ।
उस्मानको उपचारका लागि ५६ लाख ६३ हजार ६ सय पॉच सङ्कलन भएको छ । उक्त रकम सोही फाउण्डेशनमा जम्मा गरिएको छ । “उस्मानको सहयोगका लागि सङ्कलन भएका रकम पनि सोही कोषमा जम्मा गरिदिन आग्रह गर्दछु,” मुबारक अलीले भने, “छिट्टै फाउण्डेशन सञ्चालनमा ल्याएर काम गर्नेछौ ।”
फाउण्डेशनबाट अशक्त र उपचारमा कठिनाई परेका व्यक्तिहरुलाई सहयोग गरिनेछ । “आर्थिक अभावमा उपचारबाट वन्चित हुन नपरोस् भन्नका लागि त्यस्ता व्यक्तिलाई फाउण्डेशनबाट सहयोग गर्नेछौ,” उनले भने ।
Account name-USMAN FOUNDATION NEPAL
Account number-17200174CA
Bank Name-Prime Commercial Bank LTD
Branch-Dulegaunda