फरार छ प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फरार छ प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७८, आईतवार

    दमाैली : विभिन्न मुद्दामा सजाय पाएका छ जना फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

    लागुऔषध मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–५ का २२ वर्षीय विशाल भन्ने ओमप्रकाश गुरुङ पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७५ पुस १९ गते दुई महिना कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

    यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका तीन र सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि आइतबार अदालत उपस्थित गराइएको छ ।

    प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई अगाडी बढाउँदै आएको छ ।