वर्ल्डलिंकको दशैं अफर, १६०० रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट र नेटटिभी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्ल्डलिंकको दशैं अफर, १६०० रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट र नेटटिभी

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, सोमबार

    काठमाडौं : देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।

    साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा-सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्नेछन् ।

    कम्पनीले २०, ३०, ४० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ४०, ६०, ८० र १०० एमबीपीएस गतिको इन्टरनेट दिने भएको हो ।

    अब ग्राहकले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेटटिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

    ६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले पनि यो अफरमा सहभागिता जनाउन सक्नेछन्, जसका लागि ग्राहकले मासिक ११५० रुपैयाँ तिर्दा एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।

    त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

    त्यस्तै वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई वटा नेटटिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । ६ महिनाकाे सब्सक्रिप्सन लिँदा ग्राहकले १० हजार १०० रूपैयाँ तिर्नुपुर्ने हुन्छ ।

    त्यस्तै ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक १६०० रुपैयाँमै तीन वटा नेटटिभीसहित वर्ल्डलिंकको १०० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । याे प्याकेजअन्तर्गत ६ महिनाकाे सब्सक्रिप्सन लिँदा ग्राहकले ११ हजार ५०० रूपैयाँ तिर्नुपुर्ने हुन्छ । (टेक पानाबाट)