फुटबल प्रशिक्षणका खेलाडीलाई सामग्री प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फुटबल प्रशिक्षणका खेलाडीलाई सामग्री प्रदान

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, सोमबार

    दमौली : दमौलीस्थित खेलमैदान फुटबल प्रशिक्षण लिइरहेका खेलाडीलाई सामग्री प्रदान गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल व्यास नगर कमिटीका अध्यक्ष कृष्णकुमार श्रेष्ठ (जेके) को सहयोगमा खेलाडीलाई प्रशिक्षणका लागि सामग्री प्रदान गरिएको हो ।

    खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, सचिव तुल्सीराम पाण्डे, पूर्व अध्यक्ष भूपेन्द्र कोइरालाले खेलाडीलाई प्रशिक्षण सामग्री प्रदान गरेका हुन् ।

    खेलाडी उत्पादनका लागि सञ्चालन भइरहेको प्रशिक्षणका लागि सामग्री अभाव भएपछि सहयोग गरिएको खेलकुद विकास समितिका अध्यक्ष पाण्डेले बताए । “सानै उमेरदेखि फुटबल प्रशिक्षण दिएर खेलाडी उत्पादन गर्नुपर्छ,” उनले भने, “त्यसका लागि समितिले पनि सहयोग गर्छ ।”