निजी स्वास्थ्य संस्थालाई भानुले दियो साढे तीन लाख अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजी स्वास्थ्य संस्थालाई भानुले दियो साढे तीन लाख अनुदान

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७८, सोमबार

    भानु : तनहुँको भानु नगरपालिकाले निजी स्तरबाट सञ्चालित स्वास्थ्य संस्थालाई साढे तीन लाख अनुदान दिएको छ । सरकारी स्वास्थ्यलाई वेवास्ता गर्दै नगरपालिकाले निजी स्वास्थ्य संस्थालाई तीन लाख ५० हजार अनुदान दिएको हो ।

    आर्थिक वर्ष ०७६/७७ मा नगरपालिकाले भानु सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई तलब खुवाउनका लागि उक्त रकम अनुदान दिएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालिन पूँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्छ ।

    “जसबाट नाफा कमाउने वा नकमाउने उदेश्यले स्थापित स्वास्थ्य संस्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन,” महालेखा परीक्षकको कार्यालयले भनेको छ।

    भानुले स्वास्थ्यको चालु शीर्षकको भौ.नं. २१ बाट दुई लाख र बॉकी अन्य स्रोतबाट एक लाख ५० हजार अनुदान दिएको छ ।

    यसले प्रदान गरेको सेवा, लाभग्राहीको सङ्ख्या, शुल्क आदि सम्बन्धमा भने नगरपालिकाले अनुगमन गरेको छैन । उक्त संस्थालाई एसियन फोरम काठमाडौबाट समेत रकम आउने भएकाले एउटै प्रयोजनमा दुई ठाउँबाट रकम दिन नमिल्ने मलेपको निष्कर्ष छ।