जिपलाइनकर्मी थापा पर्यटन मन्त्रालयद्वारा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जिपलाइनकर्मी थापा पर्यटन मन्त्रालयद्वारा सम्मानित

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७८, सोमबार

    काठमाडौ : बयालीसौं विश्व पर्यटन दिवसको अवसरमा सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति र संघसंस्थाहरुलाई सम्मान गर्ने क्रममा एड्भेन्चर स्पोर्ट्सलाई पनि समेटेको छ ।

    नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा एड्भेन्चर स्पोर्ट्स तर्फ वल्ड बाइड एड्भेन्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका छन् । वल्ड वाइड एड्भेन्चरले ‘धुलिखेल जिपलाइन’ नाममा थाक्लेडाँडा धुलिखेल देखि खावा, पाँचखाल) सम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन संचालन गरिरहेको छ ।

    ७० किलोमीटर प्रति घण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्ड लाग्छ । धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो । २०१९ फेब्रुअरी १४ देखि ब्यवसायिक सन्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ ।

    ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करीब करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क निर्माण गरिएको छ ।