बागभन्ज्याङदेखि भोर्लेटारचोकसम्म ठूला सवारी प्रवेश निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बागभन्ज्याङदेखि भोर्लेटारचोकसम्म ठूला सवारी प्रवेश निषेध

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७८, सोमबार

    दमौली : व्यास नगरपालिका-४ स्थित बागभन्ज्याङदेखि भोर्लेटार चेकसम्मको सडकमा ठूला सवारी साधन प्रवेश निषेध गरिएको छ । सवारी चापको व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि उक्त सडकमा ठूला सवारी एकतर्फी प्रवेश निषेध गरिएको हो ।

    व्यास नगरपालिकाको कार्यालय र सरोकारवाला निकायको उपस्थितिमा भएको निर्णय बमोजिम सोमबारबाट उक्त नियम लागू गरिएको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बागभन्ज्याङदेखि भोर्लेटारचोकसम्म आउन अब ठूला सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ । त्यसका लागि सिमलटारबाट पृथ्वीराजमार्ग निस्केर गल्वुवेशीचोक हुँदै भोर्लेटारचोक आउनुपर्ने कार्यालयले जनाएको छ ।