दमौली : नेकपा एमाले निकट अनेमसङ्घ व्यास नगर कमिटीको अध्यक्षमा जौमाया रायमाझी चयन भएकी छन् । सोमबार सम्पन्न नगरस्तरीय भेलाले रायमाझीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको हो ।
अनेमसङ्घकी जिल्ला सचिव बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य एकबहादुर राना, तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिवालय सदस्य राजेश्वर ढकाल, हरिराज कंडेल लगायतले सम्बोधन गरेका थिए ।