आज मन्त्रिपरिषद् विस्तारको तयारी, किसान मन्त्री बन्ने निश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आज मन्त्रिपरिषद् विस्तारको तयारी, किसान मन्त्री बन्ने निश्चित

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    दमौली : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएकाले देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेको नाम देउवालाई बुझाएका छन् । नेपालले बुझाएको मन्त्री हुने लिष्टमा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ किसान पनि छन् ।

    नेकपा (एस)बाट रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई पनि सरकारमा सहभागी गराउने तयारी छ ।