आमाको स्मृतिमा दाहालद्वारा डेढ लाख बढिको छात्रवृत्ति कोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आमाको स्मृतिमा दाहालद्वारा डेढ लाख बढिको छात्रवृत्ति कोष स्थापना

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    दमौली : व्यास नगरपालिका-१ का वडा सदस्य चुडामणि दाहालले आमाको स्मृतिमा निर्मल माध्यमिक विद्यालयमा डेढ लाख बढिको छात्रवृत्ति कोष स्थापना गरेका छन् । दाहालले स्व. दमयन्ती दाहालको स्मृतिमा निर्मलमा एक लाख ५५ हजार ५ सय ५५ को छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

    ४५ औ दिनको पुण्यतिथिमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेको दाहालले जानकारी दिए । विद्यालयका अध्यक्ष तमबहादुर दरैलाई दाहालले उक्त रकमको चेक हस्तान्तरण गरे ।

    नेशनल एपोलो हस्पिटलका सञ्चालक समेत रहेका दाहालले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन कोष स्थापना गरेको जानकारी दिए ।