दशै लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दशै लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७८, मंगलवार

    दमौली : तनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठकले दशै लक्षित बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो ।

    तनहुँ उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहितको बैठकले चाडपर्वहरुमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य, असुली, मालसामानमा हुने गुणस्तरहिनता लगायतका विषयमा सूचना लिई आवश्यकता अनुसार स्थानीय तह समेतको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    पसल, गोदामको सरसफाईमा ध्यान दिने एवं पसलमा मूल्य सूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टॉस गर्ने गराउने बैठकले निर्णय गरेको छ । बरालका अनुसार व्यवसायीले सरल मुल्यमा गुणस्तरीय सामाग्री उपभोक्तालाई विक्री गर्ने सहमति गरेका छन्।

    बैठकमा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।