दमाैली : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले दमौली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा रेडक्रसले दमौली अस्पताललाई मङ्गलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले दमौली अस्पतालका मेसु डा. सुनिल पौडेललाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई दश हजार थान मास्क, पाँच सय ७६ थान स्यानीटाइजर, तीन हजार थान पञ्जा हस्तान्तरण गरिएको स्टप दि स्प्रिड कार्यक्रमका फोकल पर्सन अनुज विमलीले जानकारी दिए ।
कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक दिनेशराज मैनाली, रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सन्देश थापा, तनहुँकी मन्त्री चिनु पाेखरेल लगायतको उपस्थिति थियो ।
कोकाकोला फाउण्डेशनको सहयोगमा तनहुँ सहित नेपालका दश जिल्लामा स्टप दि स्प्रिड कार्यक्रम सञ्चालित छ । उक्त कार्यक्रममार्फत् तनहुँको बन्दिपुर गाउँपालिकाका ६ वटा खोप केन्द्रमा स्वयंसेवक परिचालन गरिएको विमलीले बताए । सो कार्यक्रममार्फत् सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै अप्ठ्यारोमा परेकालाई यातायात सुविधा पनि उपलब्ध गराइएको छ ।