ग्रामीण क्षेत्रमा बैङ्किङ सेवा पाएपछि स्थानीयवासी खुसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ग्रामीण क्षेत्रमा बैङ्किङ सेवा पाएपछि स्थानीयवासी खुसी

    विवि श्रेष्ठ

    १२ आश्विन २०७८, मंगलवार

    दमाैली : व्यास नगरपालिका–१४ मा सनराइज बैङ्क लिमिटेडले शाखारहित सेवा शुरु गरेपछि स्थानीयवासी खुसी भएका छन् । सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्य सहित केशवटारमा शाखारहित सेवा शुरु भएपछि स्थानीयवासी खुसी भएका हुन् ।

    शाखा रहित सेवा मार्फत् बैङ्कमा खाता खोल्न, रकम राख्न, झिक्न र पठाउन समेत सकिने बैङ्कका कर्मचारी सुकुमाया थापाले बताइन् । बैङ्किङ सेवा पाएपछि त्यस भेगका स्थानीयवासीलाई सदरमुकाम झर्नुपर्ने बाध्यता हटेको छ । हालसम्म करिव तीन सय ५० जनाले खाता खोलिसकेका छन् ।

    ग्रामीण स्तरमा बैङ्कको सेवा पाएपछि जनतालाई सुविधा भएको स्थानीयवासी दुर्गाबहादुर आलेले बताए । रकम राख्न, पठाउन र डिजिटल माध्यमबाट कारोवार गर्नका लागि शाखारहित बैङ्कले सहयोग पुग्ने उनले बताए ।

    बैङ्कले स्थानीय वडा तहमा सेवा दिँदा सर्वसाधारणलाई सुविधा भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । विस्तारै शाखा सहितको सेवा सुचारु भएमा सम्पूर्ण कारोवार गर्न सजिलो हुने उनले बताए ।
    वडा नम्बर १४ मा रहेको राशीभन्ज्याङ्ग, कुलुङ्ग, केशवटार, रामकोट, सुखौरा, हर्कपुर, ठिन, नयाँगाँउ लगायतका हजारौ स्थानीय बैङ्किङ सेवाबाट लाभान्वित भएका छन् ।