‘किसान मन्त्री नबन्ने समाचारमा सत्यता छैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘किसान मन्त्री नबन्ने समाचारमा सत्यता छैन’

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७८, बुधबार

    दमाैली : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री नबन्ने भन्ने खबरमा कुनै सत्यता नरहेको सो पार्टीका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले बताएका छन् ।

    किसानलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नबनाउने भनेर विभिन्न अनलाइनमा आएको समाचार झुटो रहेको उनले बताए । “केही अनलाइनले गोयवल्स शैलीमा समाचार छापेका छन्, सञ्चारमाध्यमले आधिकारिक नबुझी लेखेका हुन्,” उनले खबरपुञ्जसँग भने, “किसानको मन्त्री बन्ने पक्का छ ।”

    उनले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउँदै आफ्नो पार्टीले कुन कुन मन्त्रालयले पाउने भन्ने बारेमा छलफलमै रहेको बताए ।