दुलेगौडा : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका निवासी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका-७ निवासी ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ती महिलामा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।