प्रहरी हवल्दार सन्तोष बने भदौको उत्कृष्ट प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरी हवल्दार सन्तोष बने भदौको उत्कृष्ट प्रहरी

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७८, बुधबार

    दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी हवल्दार सन्तोषकुमार श्रेष्ठ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई ‘उत्कृष्ट प्रहरी कर्मचारी’ को उपाधि दिइएको हो।

    विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्‍ठ र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रही उच्च मनोवल र साहसका साथ कार्यसम्पादन गरे बापत उनलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

    भविष्यमा अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रहरी कार्यप्रति प्रोत्साहित गरिने प्रहरीले जनाएको छ ।