तरकारी पसलमा प्रशासनको अनुगमन : म्याद नाघेका सामग्री जफत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तरकारी पसलमा प्रशासनको अनुगमन : म्याद नाघेका सामग्री जफत

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७८, बिहीबार

    दमौली : व्यास नगरपालिका-३ स्थित तरकारी लाइनमा गरिएको अनुगमनमा म्याद नाघेका सामग्री भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गरिएको अनुगमनमा अधिकांश पसलमा म्याद नाघेका सामग्री बरामद गरिएको हो ।

    तरकारी लाइनमा सञ्चालित पसलहरुमा अनुगमन गर्दा म्याद गुज्रेका खाद्य सामग्री भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरामद गरिएका सामग्री व्यास नगरपालिकाले नष्ट गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर प्रशासनले बुधबारदेखि बजार अनुगमन शुरु गरेको छ ।

    “चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनुगमन शुरु गरेका हौ,” उनले भने, “त्यसलाई निरन्तरता दिन्छौ ।” कार्यालयले बुधबार पेयपदार्थ विक्री वितरण गर्ने पसलको अनुगमन गरेको थियो ।