तनहुँका क्षेत्र, प्रदेश र पालिकामा अनेरास्ववियुका इन्चार्ज संयोजक चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका क्षेत्र, प्रदेश र पालिकामा अनेरास्ववियुका इन्चार्ज संयोजक चयन

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७८, बिहीबार

    दमाैली : नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु तनहुँले जिल्लाका दुई क्षेत्र, चार प्रदेश क्षेत्र र दश पालिकामा इन्चार्ज र संयोजक चयन गरेको छ । अनेरास्ववियु तनहुँको हालै बसेको पदाधिकारी बैठकले इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको हो ।

    बैठकले कात्तिक २० गतेभित्र सम्पूर्ण पालिकाको भेला, कात्तिक २५ गते प्रदेश क्षेत्रको भेला र मङ्सिर ५ गतेभित्र सङ्घ क्षेको भेला गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नविन वाग्लेले जानकारी दिए ।

    तनहुँ क्षेत्र नं २ को इन्चार्जमा लेनिन विशाल र संयोजकमा निशा श्रेष्ठ, क्षेत्र नं १ को इन्चार्जमा महेन्द्र श्रेष्ठ र संयोजकमा रोशन कंडेल चयन भएका छन् । क्षेत्र नं १ को (क) को इन्चार्जमा रोशन कंडेल र संयोजकमा सुमित पन्थ, क्षेत्र नं १ को (ख) को इन्चार्जमा विकास ढकाल र संयोजकमा सुदिप थापा मगर, क्षेत्र नं २ को (क) को इन्चार्जमा सुमन आचार्य र संयोजकमा प्रेमराज तिवारी तथा क्षेत्र नं २ को (ख) इन्चार्जमा आकाश गिरी र संयोजकमा सन्जु विक संयोजक चयन भएका छन् ।

    यसैगरी व्यास नगरपालिकाको इन्चार्जमा विकास गुरुङ र संयोजकमा सागर पन्थ, शुक्लागण्डकी नगरपालिकाको इन्चार्जमा सुजन तिमिल्सिना र संयोजकमा लक्ष्मण पौडेल, भिमाद नगरपालिकाको इन्चार्जमा शिवप्रसाद गैह्रे र संयोजकमा सुनिल लम्साल, भानु नगरपालिकाको इन्चार्जमा सुजन पौडेल र संयोजकमा विशाल बजगाइ चयन भएका छन् ।

    म्याग्देको इन्चार्जमा रमिन घिमिरे र संयोजकमा विधान रानाभाट, घिरिङको इन्चार्जमा कविराज खनाल र संयोजकमा अमृत थापा, ऋषिङको इन्चार्जमा अनुश गिरी र संयोजकमा कविता ढकाल, बन्दिपुरको इन्चार्जमा सुनिल बसौला र संयोजकमा सुरेन्द्र थापा, देवघाटको इन्चार्जमा सम्राट अधिकारी र संयोजकमा समिर गुरुङ, आँबुखैरेनीको इन्चार्जमा सुदिप थापा मगर र संयोजकमा सुवास केसी चयन भएका छन् ।