दमाैली : तनहुँको व्यास नगरपालिका–५ चुँदेर गाउँमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण सम्पन्न भएको हो । वर्षौदेखि खोल्सा र पंधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घर–घरमा खानेपानी पु¥याउने उद्देश्य सहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण शुरु भएको थियो ।
रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण सम्पन्न भएको रोटरी क्लव अफ दमौलीका क्लवका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । खानेपानी योजनाबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६ सय ६७ सहयोग गरेको छ । त्यस्तै रोटरी क्लव अफ दमौलीले रु तीन लाख ४२ हजार सहयोग गरेको छ । बाँकी रकम व्यास नगरपालिकाले व्यहोरेको रोटरी क्लव अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
खानेपानी योजनाको बिहीबार उद्घाटन गर्दै रोटरी क्लव अफ नेपाल भुटान ३२९२ का निवर्तमान गर्भनर राजिव पोखरेलले रोटरीले नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा सहयोग पु¥याउँदै आएको बताए । खानेपानी योजना सम्पन्न भएपछि अबको यसलाई दिगो बनाउन काम स्थानीयवासीको भएको उनको भनाई छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खानेपानीको चरम अभाव भएको गाउँमा रोटरीले खानेपानी योजना निर्माण गरिदिएर सकारात्मक काम गरेको बताए । “रोटरीले नगरेको भए यो काम व्यास नगरपालिकाले गर्नुपथ्र्यो, व्यास नगरपालिकाको अभियानमा रोटरीले साथ दियो,” न्यौपानेले भने । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले खानेपानीको अभावमा गाउँ छाडेर गएकाहरुलाई अब गाउँ फिर्ता ल्याउन पहल गर्नुृपर्नेमा जोड दिए ।