तनहुँका मूल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय सदस्यमा भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँका मूल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय सदस्यमा भिड्दै

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७८, बिहीबार

    दमाैली : तनहुँको दमौली निवासी रविन्द्रलाल मूलले नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औँ कार्यकारिणी समितिको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

    आगामी कात्तिक १३ गते हुने समितिको निर्वाचनमा व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर मूलले लोकतान्त्रिक समूहबाट उम्मेदवारी दिएका हुन । एशोसिएसनको २५ सदस्यीय कार्यसमिति अन्तर्गत उनले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

    इन्जिनियरहरुको बीचमा भएको विभेदलाई अन्त्य गर्न, इन्जिनियर पेशालाई मर्यादित, विश्वसनीय र वैज्ञानिक बनाउनका लागि आफूले उम्मेदवारी दिएको मूलले बताए ।

    एशोसिएसनको विधान अनुसार २५ सदस्यीय कार्यसमिति मध्ये पदाधिकारी सहित १८ जना लाई देशभरका इन्जिनियर मतदाताले चुन्नेछन् भने ७ सदस्यलाई प्रत्येक प्रदेशबाट एक÷एक जनाका दरले ७ प्रदेशबाट प्रदेश सदस्य मतदाताले चुन्नेछन् । यस्तै इन्जिनियरिङ परिषदका ५ सदस्य पदका लागी पनि निर्वाचन हुनेछ ।

    एशोसिएसनको हाल ३३औँ कार्यकारिणी समिति निवार्चन हुने भएको हो भने प्रदेश तहको भने दोस्रो पटक निर्वाचन हुन लागेको हो । गत वैशाख २४ गते निर्धारण गरिएको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन कोभिड संक्रमणको जोखिमका कारण स्थगित गरिएकोमा आगामी कात्तिक १३ गते तय गरिएको हो ।