पसलेमा व्याडमिन्टन प्रतियोगिता शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पसलेमा व्याडमिन्टन प्रतियोगिता शुरु

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७८, शुक्रबार

    म्याग्दे : नेपाल तरुण दल म्याग्दे-३ को आयोजनामा शुक्रबारदेखि पसलेमा व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । युवाहरुलाई खेलकूदमा आकर्षित गर्ने उद्धेश्य सहित आयोजित प्रतियोगिताको नेपाली काङ्ग्रेस तनहुँका सङ्गठन विभाग प्रमुख एवं म्याग्देका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गरे ।

    सो अवसरमा घिमिरेले खेलकुदले मानिसलाई स्वस्थ र अनुशासित बनाउने बताए । म्याग्देमा व्यवस्थित कभर्ड हल बनाउने योजनामा गाउँपालिका रहेको उनले बताए ।

    नेपाल तरुण दल तनहुँका उपाध्यक्ष मोहनकुमार श्रेष्ठले काङ्ग्रेसको नेतृत्वमा आउन युवाहरुले व्यक्तित्व विकास गर्नुपर्नेमा जोड दिए । भर्खरै सम्पन्न काङ्ग्रेसको अधिवेशनमा तरुणहरुको सहभागिता न्यून रहेकाले अग्रजको सम्मान गर्दै नेतृत्वमा युवा स्थापित हुनुपर्ने बताए ।

    कार्यक्रममा तरुण दल म्याग्देका सभापति वीरबहादुर गुरुङ, काङ्ग्रेस म्याग्दे-२ का सभापति रमेश अधिकारी लगायतले धारणा राखेका थिए ।

    प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । विजयीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र वितरण गरिने तरुण दल वडा सचिव आशिष श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा म्याग्दे-४ का वडा सदस्य दिपक कुमार श्रेष्ठले रेफ्रीको भूमिका निभाएका छन् ।