न्यादी हाइड्रोपावरको आईपीओमा साढे ५० लाख बढी कित्ताका लागि आवेदन, कतिले भरे आईपीओ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    न्यादी हाइड्रोपावरको आईपीओमा साढे ५० लाख बढी कित्ताका लागि आवेदन, कतिले भरे आईपीओ ?

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७८, शुक्रबार

    काठमाडौं : न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको (आईपीओ) मा पहिलो दिनमै साढे ५० लाख बढी कित्ताका लागि आवेदन परेको छ ।  

    आज शुक्रबार साँझ सम्ममा ३ लाख ९० हजार ३ सय ७५ जना आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख ७१ हजार ६४० कित्ता सेयरको आवेदन परेको छ जुन मागको दोब्बर भन्दा पनि बढि हो ।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    उक्त सेयरमा सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

    कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।