दमौली : राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुन: विनोद घर्ती निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।
राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित भएको थियो ।
सदस्यहरु यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्नेछन् ।