प्रगतिवादी कवि दिलीपकुमारकाे ‘सपनाकाे पाण्डुलिपी’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रगतिवादी कवि दिलीपकुमारकाे ‘सपनाकाे पाण्डुलिपी’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७८, शुक्रबार

    तनहुँ : तनहुँकाे म्याग्दे गाउँपालिका निवासी प्रगतिवादी कवि, गीतकार तथा सङ्गीतकार दिलीपकुमार श्रेष्ठद्वारा लिखित ‘सपनाकाे पाण्डुलिपी’ गीति सङग्रह विमाेचन गरिएकाे छ । जनयुद्ध अध्ययन प्रतिष्ठानकाे आयाेजनामा शुक्रबा काठमाडाैमा आयाेजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त सङ्ग्रह विमाेचन गरेका हुन् ।

    कार्यक्रमलाई सम्बाेधन गर्दै प्रचण्डले विभिन्न समूहमा रहेका पूर्वमाओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताए । माओवादी आन्दोलनलाई भ्रष्टीकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

    माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमीक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरे ।

    कार्यक्रममा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरामात्रै भएको टिप्पणी गरे । उनले पूर्वमाओवादी एकठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औंल्याए ।